दफा २४
प्रमाण लिन नहुने कुरा
(१) मुद्दामा पक्षहरूको चरित्र असल वा खराब छ भन्ने कुरा प्रमाणमा लिन हुँदैन ।
तर कुनै पक्षको चरित्र नै अदालतले ठहर गर्नु पर्ने भएमा निजको चरित्र सम्वन्धी कुरा प्रमाणमा लिन हुन्छ ।
(२) दफा ४१, ४३ वा ४५ बमोजिम कुनै व्यक्तिले कुनै कुरा प्रकट गर्न नहुने अवस्थामा निजले त्यस्तो कुनै कुरा प्रकट गरे पनि प्रमाणमा लिन हुँदैन ।
(३) कुनै पक्षलाई अदालतले पेश गर्न आदेश दिएको कुनै लिखत सो पक्षले पेश नगरेमा सो लिखत अर्को पक्ष वा अदालतको अनुमति बेगर सो मुद्दामा प्रमाणमा पेश गर्न पाइने छैन ।
(४) यस दफामा किटानीसाथ उल्लेख गरिएका कुराहरूका अतिरिक्त यो ऐन वा अन्य प्रचलित नेपाल कानुनबमोजिम प्रमाणमा लिन नहुने अन्य कुनै कुरा प्रमाणमा लिन हुँदैन ।